एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै

589
default

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेल जितेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ भने सुदूरपश्चिम रोयल्सले प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

टिमको कुरा गर्दा काठमाडौँ करण केसीको कप्तानीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी सहित यो सिजन खेल्दैछ ।

त्यस्तै दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

तपाईको बिचार