काठमाडौं । शिक्षा केवल किताबका पाना र परीक्षामा सीमित छैन, त्यो जीवनलाई बोध गर्ने, समाजलाई योगदान दिने र भविष्यलाई दिशाबोध प्रक्रिया हो। यही सोचलाई आत्मसात् गर्दै काठमाडौंस्थित इम्पेरियल बिजनेस कलेज (IBC) आज नेपालका उत्कृष्ट शैक्षिक संस्थामध्ये अग्रस्थानमा छ।
शैक्षिक दृष्टिकोण
व्यवस्थापन र हेल्थकेयर क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने ध्येयसहित स्थापित IBC ले विद्यार्थीलाई केवल एकेडिमक ज्ञान मात्र होइन, व्यवहारिक सीप र सामाजिक मूल्य पनि दिन सक्नुपर्छ भन्ने मान्यता बोकेको छ। यहाँका विषयविज्ञ सदस्यहरू आफ्नै क्षेत्रमा विज्ञ छन् र उनीहरूले केस स्टडी, प्रोजेक्ट–वर्क, इन्टरनसिप र प्रशिक्षणमार्फत विद्यार्थीलाई वास्तविक संसारसँग जोड्ने अवसर उपलब्ध गराउँछन्।
दर्शन, लक्ष्य र मूल्यमान्यता
इम्पेरियल बिजनेस कलेजको भिजन स्पष्ट छ—शैक्षिक उत्कृष्टता, व्यावहारिक अनुभव र सांस्कृतिक मूल्यलाई जोडेर नयाँ पुस्तालाई जिम्मेवार, विविधतायुक्त र नवीन सोच बोकेको विश्व–नागरिकका रूपमा तयार गर्ने।
कलेजका लक्ष्यहरू
शैक्षिक उत्कृष्टता स् एकेडेमी कडाइ र गुणस्तरीय शिक्षामार्फत विद्यार्थीलाई भविष्य–तयारी ।
व्यावहारिक अनुभव स् सिद्धान्तलाई वास्तविक जीवनमा उतार्ने अवसर।
विविधता र समावेशिता स् सबैलाई स्वागतयोग्य, समान अवसरको वातावरण ।
नवप्रवर्तन स् उद्यमशीलता र नयाँ सोचलाई प्रोत्साहन ।
सामाजिक उत्तरदायित्व स् समुदाय सेवा, नैतिक आचरण र दिगोपनको अभ्यास ।
व्यक्तिगत तथा व्यावसायिक विकास स् नेतृत्व, सहकार्य र निरन्तर सिकाइलाई प्रोत्साहन।
CEO को सन्देश
“हाम्रो लक्ष्य केवल क्यारियर बनाउनु मात्र होइन, जीवनका लागि तयार पार्नु हो। यसैले हामीले एकेडेमिक कार्यक्रमसँगै प्रशिक्षण, सेमिनार, सेबिनार, खेलकुद र सह–शैक्षिक क्रियाकलापलाई समान महत्व दिएका छौँ। विद्यार्थीलाई बदलिदो विश्व र उद्योगका मागअनुसार सक्षम बनाउने हाम्रो प्राथमिकता हो।”
उनका अनुसार, स्वास्थ्य र व्यवस्थापनका क्षेत्रमा तीव्र परिवर्तन भइरहेको वर्तमान अवस्थामा क्ष्द्यऋ ले नवीन, प्रयोगशील र उद्योग–मैत्री पाठ्यक्रम उपलब्ध गराएको छ।
शैक्षिक कार्यक्रमहरू
इम्पेरियल बिजनेस कलेजले स्नातकदेखि स्नातकोत्तर तहसम्मका कार्यक्रम सञ्चालन गरेको छ –
BBA – Bachelor of Business Administration
BHCM – Bachelor in Healthcare Management
MHCM – Master’s in Healthcare Management
यी सबै कार्यक्रमहरू विश्वव्यापी रूपमा मान्यता प्राप्त छन् र विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन लक्षित छन्।
सामुदायिक र सामाजिक योगदान
इम्पेरियल बिजनेस कलेज केवल शिक्षामा सीमित छैन। सामाजिक जिम्मेवारी, समुदाय सेवा र दिगोपनका अभ्यासलाई संस्थाले आफ्नो प्रमुख एजेण्डा बनाएको छ। यसले विद्यार्थीलाई केवल शैक्षिक सफलतामात्र होइन, सजग नागरिकको भूमिकामा उभिन प्रेरणा दिन्छ।
निष्कर्ष
आज शिक्षा केवल ज्ञान संकलन होइन—जीवन बुझ्ने, समाजलाई योगदान दिने र भविष्य निर्माण गर्ने प्रक्रिया हो। यही यात्रामा इम्पेरियल बिजनेस कलेज एउटा भरपर्दो सहयात्री बनेको छ।
तपाईको बिचार