राष्ट्रपति भएको व्यक्ति राजनीतिमा फर्किने बिषय कल्पना भन्दा बाहिर : महासचिव पोखरेल

राष्ट्रपति भएको व्यक्ति राजनीतिमा फर्किने बिषय कल्पना भन्दा बाहिर : महासचिव पोखरेल

624

काठमाडौं, १४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् ।

बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

राष्ट्रपति बनाउने समयमा नै फुले  उमेर र क्रियाशीलका हिसावले नेतृ विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको पनि महासचिव पोखरेलले स्मरण गरेका छन् । भण्डारीको निवासमै गएर राष्ट्रपतिमा तपाईले इच्छा नगर्दा राम्रो हुने भन्दै सल्लाहसमेत दिएकोसमेत दावी गरेका छन् । तर, पार्टीले सर्वसम्मत निर्णय गरेपछि उनी राष्ट्रपति भएको पनि दावी गरे ।

‘अहिले दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गरेर पुनः राजनीतिमा फर्किनु होला भन्ने लागेकै थिएन, तर वहाँमा त्यो धैर्यता देखिएन’ उनले भने ।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार भण्डारी अब सम्मानित भएर बस्नुपर्छ । ‘पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ, पार्टी पद्धतिको पालना गर्नु हुनेछ भन्ने विश्वास ब्यक्त गरेको छु,’ उनले भने ।

तपाईको बिचार