काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते हुनुभएको छ।
उहाँको सचिवालयका अनुसार बुधबार राति झन्डै १२ बजे ललितपुरस्थित निजी निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट लागेको हो।
दाहाललाई तत्कालै ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। हाल उहाँको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको सचिवालयले जनाएको छ।
तपाईको बिचार