तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात

तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात

729

काठमाडौँ । नेपालले यसवर्ष तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । चालु आर्थिक वर्षको २०८१/८२ को चैत्र मसान्तसम्ममा सो रकम बराबरको चिया निर्यात भएको हो ।

यस्तै सो अवधिमा पाँच करोड ६२ लाख रुपैयाँ बराबरको चिया नेपाल आयात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार यस वर्ष चियाको निर्यात चार अर्ब ५० कराेड रुपैयाँ बराबरको हुने अनुमान गरिएको छ ।

यस सिजनको पहिलो टिपाइ भर्खरै सुरु भएकोले चालू आर्थिक वर्षमा चियाको उत्पादनसंगै निर्यात पनि बढ्ने अनुमान गरिएको हाे ।

गत आव २०८०/८१ मा एक करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले तीन अर्ब ६३ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको थियो । यस्तै, नेपालले तीन करोड ७८ लाख रुपैयाँ बराबरको चिया आयात गरेको थियो ।

बोर्डको अनुसार नेपालमा आव २०८०/८१ मा कुल २० हजार सात सय ६० हेक्टर जमिनमा चिया रोपण गरिएको थियो । सो अवधिमा दुई करोड ७० लाख केजी तयारी चिया उत्पादन भएको बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेपालमा १५ हजार दुई सय तीन जना चिया कृषकहरू, एक सय ७१ वटा टि–स्टेट र साना मझौला गरी एक सय २० वटा चिया प्रशोधन केन्द्रहरू रहेका छन् ।

मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा रहेको बेला चिया क्षेत्रले देशको अर्थतन्त्रमा अतुलनीय योगदान दिएको बोर्डले जनाएको छ । यस्तै, बोर्डले चियामा थप लगानी आकर्षण गर्दै चियालाई पर्यटनसँग जोड्ने, अर्गानिक प्रमाणीकरणमा सहयोग गर्ने र स्टार्टअप सर्पोट प्रोग्रामअन्तर्गत युवा तथा महिला उद्यमीहरूलाई चियामा आकर्षण गर्ने गरी कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ ।

२९ औँ तीन अर्ब ५७ करोड बराबरको चिया निर्यात एक विज्ञप्ति जारी गरि साे जानकारी गराएको हाे । बाेर्डले हरेक वर्ष बैशाख १५ गतेलाई राष्ट्रिय चिया दिवसकाे रुपमा मनाउने गरेको छ । यसबर्ष पनि बाेर्डले विभिन्न कार्यक्रमकाे आयाेजना गरि दिवस मनाउँदैछ ।

तपाईको बिचार