आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते बस्दैछ साधारण सभा

आइएमई लाइफ इन्स्योरेन्सको फागुन २५ गते बस्दैछ साधारण सभा

595

काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ । कम्पनीले आइतबार फागुन २५ गतेलाई वार्षिक साधारण सभा डाकेको हो । सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभा, दियो महल, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

तपाईको बिचार