एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल

एक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल

675

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबारदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्।

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी अर्थमन्त्री पौडेल घाइते भएका थिए। सो घटनामा उनको शरीरको विभिन्न भागमा चोटपटक लागेको थियो। त्यसपछि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। अस्पतालमा दुई दिन सघन उपचारपछि उनलाई डिस्चार्ज गरिएको थियो।

घाइते भए तापनि पौडेलले अत्यावश्यक कार्यहरू निवासबाट पूरा गर्दै आएका थिए। अब एक सातापछि, पूर्ण रूपमा निको भएर, उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा फर्केर नियमित कार्यलयको काम पुनः शुरु गरेका छन्।

तपाईको बिचार