काठमाडाै । नेपाल एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगेकाे छ। आज भएको खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि द फाइनलमा स्थान बनाएकाे हाे ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । लेबनानलाई १–० गोल अन्तरले हराउँदै नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको हो । जितसँगै नेपाल चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको हाे ।
नेपालका लागि सावित्रा भण्डारी (साम्भा) ले खेलको ४२औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तान विरुद्ध पनि १–० कै साँघुरो जित निकालेको थियो । पहिलो खेलमा नेपालले फिनिसिङमा धेरै गल्ती गरेपछि साँघुरो जितमा चित्त बुझाउनु परेको थियो ।
तपाईको बिचार