एकीकृत समाजवादी पार्टीले अध्यादेशको विपक्षमा मतदान गर्ने

एकीकृत समाजवादी पार्टीले अध्यादेशको विपक्षमा मतदान गर्ने

583

काठमाडौं । नेकपा एकीकृत समावजवादी पार्टीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठक सरकारले ल्याएको अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवै गलत भएकाले असहमति रहेकोले विपक्षमा मतदान गर्न लागेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

 

 

उनले भने, ‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ । अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् ।’

अध्यादेशहरूबाट भू–माफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निषर्ष निकालेको उनले बताए । ‘अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’ उनले थपे

तपाईको बिचार