कठमाडौं। नेपाल अडिटर्स एसोसिएसन नेपालको सातौँ महाधिवेशन आगामी जेठ १६ र १७ मा काठमाडौँमा हुने भएको छ।
अडान, केन्द्रीय सचिवालयको बाइसौँ सोमबार बसेको पूर्ण बैठकले, अडानको सातौँ राष्ट्रिय महाधिवेशन उक्त मितिमा गर्ने निर्णय गरेको अडानका उपाध्यक्ष एवं प्रचार समितिका संयोजक डिपी दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकले आगामी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि २०८१ चैत्र १० गते भित्र जिल्ला अधिवेशनर २०८२ वैशाख १० गते भित्र प्रदेश अधिवेशन सम्पन्न गर्न सम्पूर्ण जिल्ला कार्य समिति एवं प्रदेश कार्यसमितिलाई समय निर्देशन दिएको छ। अध्यक्ष श्री केदार नाथ पौडेलको अध्यक्षतामा संस्थाको कार्यालय नयाँबानेश्वर काठमाडांमा बसेको बैठकमा आगामी सातौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि २०८१ चैत्र १० गते भित्र जिल्ला अधिवेशन र २०८२ वैशाख १० गते भित्र प्रदेश अधिवेशन सम्पन्न गर्न सम्पूर्ण जिल्ला कार्य समिति एवं प्रदेश कार्य समितिलाई निर्देशन दिएको छ।
यसको तयारीका लागि आगामी चैत्र १५ गते काठमाण्डौमा केन्द्रीय कार्य समितिको बैठक पनि आव्हान गरेको छ । अधिवेशनको तयारीमा जुट्न अडानका सबै केन्द्र, प्रदेश र जिल्लाका जिम्मेवार पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक आब्हान गर्ने निर्णय गरेको छ ।
बैठकमा सस्थापक निवर्तमान अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक श्री मोहन राज रेग्मी, पदाधिकारीहरू र सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो । बैठकमा महासचिव श्री प्रेम बहादुर श्रेष्ठले विभिन्न धारणा राखेका थिए ।
बैठकमा साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन माथि छलफल भएको थियो ।
तपाईको बिचार