कहाँबाट आएको थियो डायनोसर ?

कहाँबाट आएको थियो डायनोसर ?

619

एजेन्सी ।  विज्ञानले नयाँ नयाँ खोज अनुसन्धान गरिरहेको छ तर आज पनि डायनोसर पृथ्वीमा कहिले र कहाँ जन्मियो यकिन छैन। तर अनुसन्धानकर्ताहरूले चकित पार्ने एउटा ठाउँ औँल्याएका छन्।

डायनोसर आजको सहारा मरुभूमि र अमेजन वर्षावन बीचको क्षेत्रमा उत्पत्ति भएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ। ‘जब डायनोसरहरू पहिलो पटक जीवाष्म रेकर्डमा देखा परे, त्यस वेला आजका सबै महादेश एउटा विशाल सुपर महाद्वीपका हिस्सा थिए।

डायनोसरहरूको उत्पत्ति यो यसको दक्षिणी भागमा भएको थियो, जसलाई गोन्डवाना भनिन्छ’, नयाँ अनुसन्धान प्रतिवेदनका प्रमुख लेखक, युनिभर्सिटी कलेज लण्डन र प्राकृतिक इतिहास संग्रहालय लण्डनमा जीवाष्म विज्ञानमा विद्यावारिधिका विद्यार्थी जोएल हीथ भन्छन्।

जर्नल करेन्ट बायोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार, तिनीहरू सम्भवतः भूमध्यरेखा नजिकैको गोन्डवानाको तल्लो भूभागमा उत्पत्ति भएका थिए, जुन क्षेत्र जहाँ आज उत्तरी दक्षिण अमेरिका र उत्तर अफ्रिका सामेल छन्।

सबैभन्दा पुरानो डायनोसर जीवाष्म लगभग २ करोड ३० लाख वर्ष पुराना हुन्। यसमा अर्जेन्टिनाका इओर्याप्टर र हेरेरासौरस, दक्षिणी ब्राजिलका स्याटर्नेलिया र जिम्बाब्वेका बिरेसौरस पर्छन्, तिनमा केही समानतासँगै धेरै भिन्नता पनि थिए जसले डायनोसरको उत्पत्ति र तिनीहरू बीच लाखौं वर्षको अन्तर रहेको देखाउँछ।

यसअघि अनुसन्धान डायनोसरको उत्पत्ति स्थलको रूपमा दक्षिणी दक्षिण अमेरिका र दक्षिण अफ्रिकामा केन्द्रित थियो, जीवाष्म रेकर्डमा उल्लेखनीय अन्तरहरू छन्, विशेष गरी ती क्षेत्रहरू जहाँ आज सहारा मरुभूमि र अमेजन वर्षा वन छ, यो अन्तरले सबैभन्दा पुराना डायनोसरहरु कहाँ बस्थे भनेर बताउने सम्भावना छ’ हीथ भन्छन्।

डायनोसरहरूको उत्पत्ति लगभग २३ देखि २४.५ मिलियन वर्ष पहिले भएको हुन सक्छ, जब ती क्षेत्रहरू अत्यन्तै तातो र सुक्खा थिए। हिथका अनुसार, सम्भवतः ती क्षेत्रमा मरुभूमि, घाँसे मैदान र वन क्षेत्रहरू जस्ता बासस्थान समावेश थिए जहाँ प्रायः मौसमी डढेलो लाग्थ्यो। अहिलेसम्म, डायनोसरहरू त्यति कठोर पर्यावरणमा अवस्थित थिएनन् भन्ने ठानिएको थियो।

हिथका अनुसार, डायनोसरहरू तिनका संरचनागत केही विशेषताका कारण अद्वितीय छन्। तिनीहरू सीधा उभिन्थे। तिनका खुट्टा खम्बाजस्तै सिधा शरीरमुनि, थिए, जसले उनीहरू कुशलतापूर्वक हिँड्न र दौडिन सक्थे। तिनीहरूको कम्मर पनि विशेष थियो।

प्रारम्भका डायनोसरहरूको शरीर फूर्तिका लागि र दाँत विशेष आहारको लागि बनेको थियो। दुई खुट्टा भएको रहस्यमय प्राणी, न्यासासौरसले देख्दा सबैभन्दा पुरानो डायनोसरलाई प्रतिनिधित्व गर्छ। तान्जानियामा पाइने यो डायनोसरका जीवाष्म २४-२४.५ मिलियन वर्ष पुरानो पाइएको हिथ बताउँछन्।

सुरुमा डायनोसरहरूमाथि गोहीका आफन्तहरू, हात्ती आकारका कैयौँ शाकाहारी जीव र चार खुट्टा भएका, छेपारो, गोही, गोहोरो जस्ता बाक्लो छाला भएका र घस्रेर हिँड्ने जनावर सहित अन्य जीवहरू हावी थिए।

डायनोसरको शुरुवात सानो थियो र ट्रियासिक युगमा तिनले आफ्नो पारिस्थितिकीय प्रणालीमा छोटो भूमिका खेले हिथ भन्छन्- तिनीहरू ठूला, बढी प्रभावशाली जनावरहरूको छायामा बस्थे।’

लगभग २०.१ मिलियन वर्ष पहिले एउटा ठूलो विनाशकारी घटनाले तिनका धेरै प्रतिद्वन्द्वीलाई नष्ट गरिदियो र तिनीहरूलाई पृथ्वीमा शासन गर्ने मौका दिएको हिथ बताउँछन्।

तपाईको बिचार

सम्बन्धित खबर