काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
नेपाल लाइफ इन्स्योरेन्सकाे माघ २८ गते सभा, सेयरधनीहरुलाइ २१.०५ प्रतिशत लाभांश वितरण गर्दै

सम्बन्धित खबर
महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे

यो चुनाव प्रणाली खर्चालु भएकोले संविधान संशोधन गर्न लागिएको होः देवन्द्र दाहाल ,भौतिक पूर्वाधार तथा यातायातमन्त्री

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीको नयाँ ट्रान्जिट बन्ने खतरा, भेटियो अध्यागमनको शौचालयमा सुनको सिक्री

तपाईको बिचार