महुली लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने

महुली लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने

553

काठमाडौं । महुली लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगरी उक्त नाफालाई सञ्चित गर्ने भएको छ । कम्पनिले सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने तथा गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । महुलीले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८-७९ मा भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

तपाईको बिचार