नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन भक्तपुरको प्रथम भेला सम्पन्न

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन भक्तपुरको प्रथम भेला सम्पन्न

563

भक्तपुर । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन जिल्ला शाखा भक्तपुरले प्रथम भेला सम्पन्न गरेको छ। शनिबार भक्तपुरमा एक कार्यक्रम गरी नवराज तामाङको अध्यक्षतामा १६ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

समितिको उपाध्यक्षमा वेद प्रसाद पराजुली, सचिव अर्जुन कार्की ,कोषाध्याक्ष महेन्द्र बुढाथोकी र सहसचिव भिम बहादुर महतरा चयनभएका छन् । समितिको सदस्यहरुमा क्रमश राजेन्द्र चौगुठी ,राज कुमार कार्की , राजेश श्रेष्ठ ,विशाल भट्टराई , दिपक दुलाल ,दिलिप रञ्जितकार ,नवराज श्रेष्ठ ,जनक बोहारा ,गोकुल खत्री र कुमारी तामाङ रहेका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले भक्तपुरमा मजदुरलाई संगठित गर्न नसकेकोमा चिन्ता लागेको बताउँदै सुरक्षा श्रमिकहरुलाई एकीकृत गराउन पाएकोमा खुशी व्यक्त गरे । उनले, श्रमिकहरुले रोजगारदाताबाट पीडीत भइरहँदा संगठनले न्याय दिलाउन सहयोग गर्ने बताए । कार्कीले, श्रमिकहरु समस्यामा पर्दा न्याय दिलाउन नसके भक्तपुरमा नटेक्ने बताउदै भुई मान्छेको आबाज उजागर गर्नु संगठनको उदेश्य रहेको धारणा राखे ।

नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन महासचिव वेद प्रसाद हुमागाँईले भक्तपुरका केही रोजगारी प्रदान गरेका संस्थामा कार्यरत सुरक्षा र सरसफाइको काम गर्ने श्रमिकलाई संगठनमा जोडन सकेकोमा खुशी व्यक्त गरे । उनले आफ्नो हक हितका लागि खटेर काम गर्न निर्देशन दिदै नियम विपरीत लागेका रोजगारदाता कम्पनीको विरुद्ध संगठनले लड्ने प्रष्ट पारे ।

नेपाल आउटसोर्स महासंघका महासचिव पूर्ण बहादुर थापाले संचालन गरेको कार्यक्रममा डिक बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए यस्तै नेपाल आउटसोर्सका बागमती प्रदेश अध्यक्ष गणेश लामाले मजदुर एकताको जरुरी भएको भन्दै सरकारले निर्धराण गरेको न्युनतम पारिश्रमिक लागू गराउन जोड दिदै संगठनले काम गर्ने बताए ।

तपाईको बिचार