काठमाण्डौं । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुर द्वारा आयोजित कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
शान्तिनगर फुटसल काठमाण्डौमा भएको प्रतियोगिताको समापन समारोह राष्ट्रिय युवा सघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
विभिन्न ११ टिमको सहभागिता रहेको प्रतियोगितामा सोलुखुम्बु जिल्ला कमिटी प्रथम भएको छ । भने उप विजेतामा सङ्खुवासभा जिल्ला कमिटी रहेको छ ।
कार्यक्रमका विजेता टिमलाई २० हजार ५ हजार ५५ र उपविजेतालाई १० हजार ५ सय ५५ रुपैयाँ सहित प्रशंसा पत्र र सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि थेवेले प्रदान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय युवा संघका उपाध्यक्ष रमेश तिवारी ,उप महासचिव राजन थापा, सचिवहरू खेमराज शर्मा र महेश चौलागाईँ र कोषाध्यक्ष राकेश राई,अन्नर जिल्ला विशेष प्रदेश कमिटी अध्यक्ष सुजन घिमिरे सहितका नेताहरुको उपस्थिति रहेको अन्तर जिल्ला उदयपुरका अध्यक्ष हृदम किराँतीले बताए । उद्घाटन समारोह युवा सघका केन्द्रीय कोषाध्यक्ष राकेश राईको प्रमुख आतिथ्यतामा भएको थियो ।
तपाईको बिचार