एकीकृत समाजवादी अछामको पालिका स्तरीय विशेष अभियान सम्पन्न

एकीकृत समाजवादी अछामको पालिका स्तरीय विशेष अभियान सम्पन्न

605

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अछामको १० दिने पालिका स्तरीय विशेष अभियान सम्पन्न भएको छ।

पुस १० गते साँफेबगरबाट सुरुभएको अभियानको बिहीबार पन्चदेवल विनायक नगरपालिकामा समापन गरिएको छ। अभियान अन्र्तगत पुस १० गते साँफेबगर, ११ गते चौरपाटी, १२ गते मेल्लेख, १३ गते वान्नीगढी जयगढ, १४ गते रामारोशन, १५ गते मंगलसैन, १६ गते कमलवजार, १७ गते ढकारी र आज पन्चदेवल विनायक नगरपालिकामा विशेष अभियानको समापन गरिएको हो।

पार्टीका केन्द्रीय सदस्य एवंम् अछाम ईन्चार्ज कुलबहादुर कुँवरका अनुसार पन्चदेवल विनायक नगर कमिटीका अध्यक्ष ललित शाहीको अध्यक्षतामा समापन गरिएको हो। अभियानलाई सम्वोधन गर्दै केन्द्रीय कमिटी सचिव कुँवरले एकीकृत समाजवादी पार्टीप्रति जनता माझ आकर्षण बढ्दै गएको बताए ।

उनले मुलुक बनाउन, आर्थिक समृद्धिका लागि र संविधानअनुसार समाजवादतर्फको भविष्य सुनिश्चित गर्नको लागि एकीकृत समाजवादी पार्टीको विकल्प नरहेको जिकिर गरे ।

वैठकमा प्रदेश कमिटी सदस्य भानुभक्त तिमिल्सैना, जिल्ला कमिटी अध्यक्ष योगेन्द्र बिष्ट, उप-सचिव हिक्मत कुँवर, मेल्लेख ईन्चार्ज नृप साउद, जिल्ला कमिटी सचिवालय सदस्य नृप कुँवर, कमल अधिकारी, पन्चदेवल विनायक नगरपालिका वडा नं.२ का अध्यक्ष कृपा धामी, युवा संघका जिल्ला अध्यक्ष एकेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो। जिल्ला कमिटी सदस्य हस्त नेपालीले स्वागत मन्तव्य राख्नुभएको वैठकको सञ्चालन केशव शाहीले गरेका थिए ।

तपाईको बिचार