नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो- सम्मानित नेता खनाल

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो- सम्मानित नेता खनाल

595

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले साँस्कृतिक क्रियाकलापहरूले समाजवाद निर्माणको बाटोमा हिडाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले ,‘आज तमु ल्होसार पर्वको दिन हो । यो गुरुङ समुदायले मनाउँदै आएको महत्वपूर्ण पर्व पनि हो। यस पर्वको अवसरमा तमु समुदाय लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु भनेका छन् ।

नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ विभिन्न समुदायका जनताले आफ्ना मौलिक चाडपर्वहरू र संस्कृतिलाई संरक्षण गर्नको लागि आफ्नै रिति र परम्परा अनुसार पर्वहरू मनाउँदै आएका छन्। त्यसै अनुरुप गुरुङ समुदायले पनि तमु ल्होसारलाई परम्परागत रुपमा मनाउँदै आएका छन् । नयाँ वर्षको रुपमा मनाइने यस्ता पर्वले मुलुकमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न मद्दत गरेका छन्।’

,‘नेपाली परम्परागत विशेषताका आधारमा मनाइने यस्ता चाडपर्वले नेपाली दाजुभाई तथा दिदीबहिनीहरूबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान प्रकट गर्नेछ र मुलुकलाई सामाजिक न्याय र समानता सहितको समुन्नत समाजवाद निर्माणको बाटोमा दृढतापूर्वक हिँड्न सवैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्‍वास लिएको छु।’ नेता खनालले भनेका छन् ।

तपाईको बिचार