काठमाडौं । नेकपा एमालेको संगठन विभागले पार्टी र नेतृत्वविरुद्ध हुने कूप्रचारको जमेर प्रतिवाद गर्ने संकल्प गरेको छ ।
केन्द्रीय मुख्यालय च्यासलमा केन्द्रीय संगठन विभागले जिल्ला नेतृत्वमा रहेका तीन सय बढी नेताहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रम गरेको थियो ।
पार्टीको केन्द्रीय संगठन विभागले दुईदिने कार्यशालापछि आइतबार ६ बुँदे घोषणापत्र जारी गर्दै आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प गरेको छ ।
कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प लिएको छ ।
‘यो कार्यशाला पार्टी र नेतृत्वविरुद्ध षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
तपाईको बिचार