गिरी नेतृत्वमा पत्रकारका ६ संगठनको संयुक्त प्यानल

गिरी नेतृत्वमा पत्रकारका ६ संगठनको संयुक्त प्यानल

655

काठमाडौं। पत्रकार महासंघको आसन्न निर्वाचनमा कमल गिरीको नेतृत्वमा ६ वटा गठनहरूले संयुक्त प्यानल खडा गरेका छन्।

आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीलाई अध्यक्ष पदमा स्विकार्दै संयुक्त प्यानल तयार गरी मनोनायन गरेको बताईएको छ । जसको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सपकोटा ‘जुगल’छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन्।

प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मंच, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन्।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा महासंघका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर बिष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराईली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासीरजनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो।

तपाईको बिचार

सम्बन्धित खबर