काठमाण्डौंमा कर सम्वन्धी तालिम एवं मोटीभेसनल प्रशिक्षण हुने

काठमाण्डौंमा कर सम्वन्धी तालिम एवं मोटीभेसनल प्रशिक्षण हुने

795

काठमाण्डौं । विद्युतिय व्यवसायी संघले कर सम्बन्धी तालिम एवं मोटिभेसनल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाण्डौंका विद्युत व्यवसायीहरूलाई लक्षित गरी संघले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।

तालिम विद्युत व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कर अधिकृत हिमालयन बम र मोटिभेसनल स्पीकर नवराज फुँयालले सहजिकरण गर्ने कार्यक्रम संयोजक सुमन तिमल्सीनाले बताए । संघले यस अघि पनि यस्ता कार्यक्रमहरू गर्दै आएको छ ।

 

तपाईको बिचार