कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन हुँदैन- गगन थापा

कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन हुँदैन- गगन थापा

793

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानको मूलभूत विषयमा संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलसँग छलफल गर्ने योजना रहेको भन्दै उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने बताए ।

 संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहाद्र्रपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने बताए ।
दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको
भन्दै महामन्त्री थापाले – ‘नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ ।’ उनले विआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले त्यो सम्झौतालाई अब टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए ।

विआरआईका सन्दर्भमा उठ्ने गरेको आशङ्कका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको आसन्न चीन भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै महामन्त्री थापाले – भने ‘विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरुबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौँ ।’

तपाईको बिचार