बिर्तामोडमा नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ उद्योग स्थापना,२० किसिमका मसला उत्पादन गर्ने

बिर्तामोडमा नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ उद्योग स्थापना,२० किसिमका मसला उत्पादन गर्ने

837

बिर्तामोड । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा।लि।ले बिर्तामोड-४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्ड बाट विश्वबजारमा पुर्‍याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्‍याउने बताए ।

झापाको बिर्तामोडमा पाँच करोडको लगानीमा २० किसिमका मसला उत्पादन गर्ने गरी नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा। लि।ले आफ्नो नयाँ अलैंची प्रशोधन केन्द्रको उद्घाटन भएको छ ।

उनले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्वबजारमा उच्च माग रहेको भए तापनि यस अघि आफ्नै ब्राण्ड नहुँदा अर्कै मुलुक र अर्कैको ब्राण्ड बाट बजार पुगिरहेको चर्चा गरे ।

लामो समय देखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँची जन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।

उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले नेपाली अलैँचीलाई प्रशोधन गरी निर्यात गर्दा विदेशी मुद्राको आर्जनका साथै स्वदेशमा थप रोजगारीको सृजना हुने बताए ।

विश्वबजारमा नेपाली उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उनले माग गरे । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले निकासी व्यापारमा अलैँचीको योगदान उच्च रहेको जनाउँदै यसका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरणका लागि सहजीकरण गर्न केन्द्र तयार रहेको बताए ।

युएसआइडीको ट्रेड एण्ड कम्पेटीटिभनेसले उद्योगलाई मेसिनरी सहयोग गरेको जनाइएको छ । उक्त दातृ संस्थाका प्रवक्ता जेसन सुकले विश्वबजारमा आर्थिक मन्दी छाइरहेको अवस्थामा स्थापित अलैँची प्रशोधन उद्योगले स्वदेशमा रोजगारी र निर्यात व्यापारमा महत्त्वपूर्ण योगदान दिनेमा आफू विश्वस्त रहेको बताए ।

उद्योगले ‘एभरेष्ट शान’ ब्राण्डमा अलैँची चिया मसला, अलैँची मिश्रित गरम मसला, माउथ फ्रेसनर र अलैँची तेल उत्पादन गरेर तेस्रो मुलुकमा बिक्री गर्न थालिसकेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिए । उनले खाडी मुलुकमा अलैँचीको ठूलो बजार रहेका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको बताए ।

खाडी मुलुकको युएई, कतार, साउदी अरबल गायत अष्ट्रेलिया, युरोप र अमेरिकामा नेपाली अलैँची र यसका प्रशोधित उत्पादन खपत हुने गरेको उनले बताए ।

सन् २०२१ मा स्थापना भएको एनइसी उच्च गुणस्तरीय हिमाली मसला विश्वव्यापी उपभोक्तालाई उपलब्ध गराउन प्रतिबद्ध छ । यस उद्योगबाट उत्पादित सामानहरुमा ८०५ स्थानीय कच्चा पदार्थको प्रयोग हुने तथा २०५ काच्चा पदार्थ मात्र विदेशबाट आयात गर्ने र आफ्नो “एभरेस्टशान“ ब्रान्डमार्फत कम्पनीले नेपालको पाककला परम्पराको सम्मान र प्रोत्साहित गर्दै मसला उद्योगमा नयाँ मापदण्ड स्थापना गरेको गर्ने विश्वास लिएको जनाइएको छ ।

यस उद्योगले नेपालको अलैंची उद्योगको विकासका लागि एउटा ऐतिहासिक पहलको संकेत गर्दछ । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रा. लि द्वारा नयाँ प्रशोधन केन्द्रको उद्घाटनले देशको मसला उद्योगलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरीएको छ ।

युएसएआईडी र प्रालि बीचको सहकार्यले उन्नत प्रशोधन क्षमताको लाभ उठाउँदै नेपाली अलैंची उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनेछ । यो कदमले नेपालको मसला उद्योगमा गुणात्मक सुधार ल्याउन, निर्यातको आयात प्रतिस्थापन गर्न, र उच्च मूल्यका उत्पादनमार्फत विश्वव्यापी पहिचान बनाउन मद्दत गर्नेछ । साथै, नेपालको हिमाली क्षेत्रको विशिष्ट मसलाअलैंचीलाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थान दिलाउने लक्ष्यमा टेवा पु¥याउनेछ ।

तपाईको बिचार