स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले किर्तिपुर ४ मा रिता खड्कालाई अघि सार्यो 

स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले किर्तिपुर ४ मा रिता खड्कालाई अघि सार्यो 

819

रमा न्यौपाने (आर्ज्या)

 काठमाण्डौंं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले  किर्तिपुर नगरपालिका ४ मा रिता खड्कालाई चयन गरेको छ । पार्टीको जिल्ला कमिटीको बैठकले खड्कालाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद (एल.पी) श्रेष्ठले बताएका छन ।

गत निर्वाचनमा वडा सदस्यको रुपमा उत्कृष्ट मत ल्याएकी खड्काको सामाजिक कृयाकलाप र गतिविधि सहित पार्टीको कामको मुल्याङकन गर्दै पार्टीले सो जिम्मेवारी दिएको बताईएको छ ।

काठमाडौं जिल्लामा कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । सत्तारुढ दलबाहेक विपक्षी दलसँग सहकार्यको ढोका खुलै राखेको माओवादी र नेकपा एसले समाजवादी मोर्चामा भएका दलहरुसँग सहकार्यलाई प्राथमिकता राखेका छन् । मोर्चामा माओवादी, नेकपा एस, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा संलग्न छ ।

उपनिर्वाचनमा काठमाडौंमा चुनावी गठबन्धन गर्ने विषयमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गृहकार्य अघि बढाएका छन् । सत्तारुढ कांग्रेस एमाले बाहेक विपक्षी दलसँग आवश्यकताको आधारमा सहकार्य नीति लिएका दुई दलले काठमाडौं जिल्लामा हुने निर्वाचनमा तालमेल गरेर जानेबारे छलफल चलाएका हुन् ।

नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला अध्यक्ष  श्रेष्ठले कीर्तिपुर ४ मा माओवादीले आफ्नो पार्टीलाई सहयोग गरे मेयरमा उम्मेदवारी नदिने बताए । नेकपा एसले शर्त राखेको कीर्तिपुर ४ मा गएको निर्वाचनमा वडा अध्यक्ष उम्मेदवार उठाएको थिएन, तर महिला वडा सदस्यमा नेकपा एस तेस्रो भएको थियो ।

गत स्थानीय निर्वाचनमा महिला सदस्यको मत परिणाम अनुसार सुमित्रा थापा, स्वतन्त्र – ९१२, सविना कुइँकेल, कांग्रेस – ८७५, रीता खड्का (केसी), एकीकृत समाजवादी – ४२५, नानीछोरी महर्जन, एमाले – ३१९, सम्झना तामाङ, माओवादी – १३४ मत ल्याएका थिए । 

अहिले तिनै खड्कालाई नेकपा एसले उम्मेदवार बनाएको छ । नेकपा एसका काठमाडौं अध्यक्ष श्रेष्ठका अनुसार आवश्यकताको आधारमा कीर्तिपुरको विषयमा  हामी छलफलमा छौं । वडा ४ मा रीता खड्कालाई उम्मेदवार फाइनल गरी सकेका छौं अव मेयर र अन्य वडामा छलफलमा छौं उनले भने । 

उनले माओवादीसँग छलफल रहेको समेत बताए । उनले थपे, ‘माओवादीले पनि आफ्नो उम्मेदवार टुङ्ग्याइसकेको छ, तर पनि हामी विपक्षमा रहेका दलहरुसँग पनि छलफलमा छौंसहकार्य बारेमा  माओवादीसँग छलफल हुँदैछ केही सहमति हुनसक्छ ।’ तर वडा नं. ४ हाम्रो राम्रो र आधारसहितको बलियो दावी पनि हो अध्यक्ष श्रेष्ठले भने ।

वडा ४ मा माओवादीले सहयोग गरे मेयरमा समर्थन गर्नसक्ने सम्भावना उनले औंल्याए ।  तर काठमाडौं १६ मा दुवै पार्टीको उम्मेदवारी तय भइसकेपछि मित्रवत प्रतिस्पर्धा हुनसक्छ ।

नेकपा एकीकृत समाजवादीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरुसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने नीति समेत लिएको छ ।

समान बिचार भएका व्यक्ति तथा समूह, पार्टीहरुबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको पार्टीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति पार्टीले लिएको पार्टीका सचिव सोमप्रसाद पाण्डेले बताए ।

पार्टीले उपनिर्वाचनमा स्थानीय विकास तथा आर्थिक रुपान्तरणका विषयलाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्न प्रदेश कमिटीलाई निर्देशन समेत दिईसकेको छ । जस अनुसार कार्तिक मशान्तभित्र उम्मेद्वारको नाम टुङ्ग्याएर सिफारीस गर्न समेत भनेको छ ।

स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा निर्वाचन आयोगले तोकेको छ। स्थानीय तहको उपनिर्वाचनमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुनेछ।

तपाईको बिचार

सम्बन्धित खबर