पशुपति गौशाला धर्मशाला विवाद छिट्टै समाधान हुन्छ- मन्त्री पाण्डे

पशुपति गौशाला धर्मशाला विवाद छिट्टै समाधान हुन्छ- मन्त्री पाण्डे

643

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषले मन्त्रालयलाई नै जानकारी नदिई धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको पाण्डेको भनाइ छ ।

मन्त्रीको जिम्मेवारी सम्हालेको सय दिनमा भएगरेका कामको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको र त्यसको प्रतिवेदनका आधारमा विवाद समाधान गरिने बताए । मारवाडी सेवा समिति पुन अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने उनले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर