विपक्षी दलहरुले सरकारलाई बुझाए १३ बुँदे ज्ञापनपत्र (पूर्णपाठ)

विपक्षी दलहरुले सरकारलाई बुझाए १३ बुँदे ज्ञापनपत्र (पूर्णपाठ)

811

काठमाडौं । विपक्षी पाँच दलले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर बुझाइएको १३ बुँदे ज्ञापनपत्रमा वर्तमान सरकारले गठनको झन्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नभएको उल्लेख छ ।

सरकारको भनाइ र गराइमा कुनै तादात्म्यता देखिन छोडेको छ । सुशासन र प्रभावकारी सेवा प्रवाहका विषयमा सरकारले कुनै पनि कदम नचालेर सुशासनलाई कमजोर बनाएको छ, ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपत्रमा सरकारबाट लोकतन्त्रलाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दललाई विभिन्न ढंगले कमजोर पार्ने काम गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरिएको पनि उल्लेख छ ।

ज्ञापनपत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् ।

 

तपाईको बिचार

सम्बन्धित खबर