काठमाडौ । आगामी कार्तिक ३ गते हुने काभ्रेपलान्चोक जिल्ला बार ईकाइको कार्यसमिति निर्वाचनमा लोकतान्त्रीक तथा प्रगतिशिल समूह तर्फबाट नेकपा एकीकृत समाजवादी सहित नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन भएको छ।
जिल्ला बारको निर्वाचनमा नेकपा एकीकृत समाजवादीलाई पदाधिकारीमा सचिव र एक सदस्य दिनुको साथै पार्षद सदस्य पाउने गरि संयुक्त गठबन्धन गरी चुनावी मैदानमा जाने तयारी भएको सचिव पदका उमेदवार प्राणनाथ न्यौपानेले जानकारी दिए ।
संयुक्त गठबन्धनमा नेकपा एकीकृत समाजवादी काभ्रेबाट सचिव पदमा अधिवक्ता प्राणनाथ न्यौपाने , सदस्यमा परमात्माराज पराजुली ,प्रल्हाद गिरी, राजु लामा र पार्षद सदस्यमा जगत शाहले उमेदवारी दर्ता गरेका छन् ।
केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको गठबन्धन सरकार भए पनि काभ्रेको जिल्ला सहकारी संघको निर्वाचनमा पनि नेपाली काङ्ग्रेस ,नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी केन्दको संयुक्त गठबन्धनमा चुनाव भएको थियो भने अहिले जिल्ला बार ईकाइको निर्वाचनमा पनि संयुक्त गठबन्धनमा निर्वाचन हुने भएको छ। नेकपा एमाले एक्लै चुनावी मैदानमा प्रतिष्पर्धा गर्ने छ।
तपाईको बिचार