पृय दशैँ तिमी बिदा भएर जाँदैछौ- ताजा छन् तिम्रा यादहरू

पृय दशैँ तिमी बिदा भएर जाँदैछौ- ताजा छन् तिम्रा यादहरू

924

राजेन्द्र कुँवर

नेपाली हिन्दुहरूको महान पर्व दशैँ विभिन्न शक्ति पिठमा बलि चढाउनका साथै टीका जमरा लगाएर बिदा भएर जाँदै छौ तर तिम्रा यादहरू मानसपटलमा ताजै छन ।
ठुलो परिवार भएका कारणले हाम्रो दशैँ नभएको दुई वर्ष हुन थाल्यो ,टीका जमरा बिहिन निधार खाली भएको दशैँको महत्त्वका बारेमा धेर थोरै थाहा छ हाम्रो जस्तो केही साथीहरूको यस पाली दशैँ चिनी नहालेको चिया जस्तै खल्लो भएको रहे छ , चित्त बुझाएर कोठामा बस्नको विकल्प थिएन मेरा अगाडि ।

आज भन्दा ५ बर्ष अगाडिको कुरा हो प्रदेश राजधानी धनगढी बाट दशैको समयमा पहाड तिर जानका लागि बस लाइनबद्ध थिए , त्यसै समयमा हामिहरु पनि मनमा निकै उत्साह बोकेर टुपलुक्क बसपार्कमा आइ पुग्यौ साथीहरूले टिकट अघिल्लो दिन काटेको हुनाले कुनै झन्झटिलो भएन ।
धनगढी बसपार्कमा रहेको अछाम होटेलमा बसेर चियाको चुस्की लिदै गफिदै थियौ त्यति खेर बसको सहायक चालक आएर सरहरु बस अब केही समयमै जान लागेको छ आ आफ्नो समान राख्नु भनेर आग्रह गर्दै थियो ।  बसको सहायक चलकको कुरा सुनेर हामी सबै एउटै कर्ममा लागेका साथिभाइ थियौ दाइ तपाईं बस्दै गर्नु आफ्न्त संग भलाकुशाली गर्नु हामिहरु झोला राखेर आउछु भनेर साथीहरू बस भएको तिर लागे म त्यही बसेर धेरै जसो अग्रज अनि केही अनुज संग रमाइलो संग  गफ्फिदै थिए ।

त्यसै समयमा भारतको मुम्बई शहर बाट दशै मान्नलाइ एक हुल मुम्बई वाला  नै त्यो होटलमा आइ पुग्नु भयो  त्यसै हुलमा धेरै परिचीत अनि थोरै अपरिचित अनुहार थिए , सबैलाई दशै मान्न घर तर्फ जान निकै हतार थियोे उहाहरु संग सामान्य भलाकुशाली हुँदै थियो होटलका साहुजी समाजसेवी भक्तबहादुर थापाले तपाईंहरु सबैको सिट रोकेको छु मलाई देखाउदै उहाहरु जाने बसमा सँगै जाने हो भनेर भन्दै थिए त्यति खेर उनीहरू सबै साफेबगर  सम्मको टिकटको लाग्ने पैसा उठाएर दिन थाले ।

म त्यो समयमा सबैलाई एक एक गरेर नियालेर हेर्दै थिए त्यस मध्य मेरो पुरानो साथी अनुहार छोपेर बसेको थिइन मैले हेरे मात्रै केहि बोल्न सकेन उनले मलाई देख्ने बितिकै लज्जित भएर हेर्न नसकेको रहेछ । अब हामी सबै बस तर्फ लाग्यौ सबै आ आफ्नो सिटमा बस्यौ म पनि आफ्नो सिट्मा बसे साथीभाइले मलाई एक्लै अगाडिको सिट बनाएको रहे छ दाइ तपाईं त्यतै बस्नुहोस भन्नू भयो म बसेर यसो टोलाउदै थिए आज को पर्ने होला यो सिटमा साथी भनेर त्यति खेर नै एउटा महिलाको मधुरो स्वरमा सर म झ्याल तिर बस्छु है भनेको सुने यसो हेरेको त उनै मुख लुकाएर बस्ने महिला रहेछिन ।

धनगढी बसपार्क बाट करिब १०/१२ किलोमिटर अगाडि रहेको अत्तरिया बजार आइ पुग्दा सम्म हामी दुबै जना मौन बस्यौ एक आपसमा कुनै कुरा भएन ,मलाई कुराको सुरुवात कहाँ बाट गर्ने भनेर सोच्दै अगाडि बढ्दै थिए सहचालकले चिया खाजा खाने समय जम्मा २० मिनेट मात्रै हो भनेर कराउदै गर्दा मेरो ध्यान नै भंग भयो ।

सबै जना बस बाट झरेर खाजा खान होटल तिर लाग्यौ आफ्नो रुचि अनुसारको खाजा खाने भयौ म खस्सिको भुटन अनि सेकुवा भने पछि हुरुकै हुने मैले एक हाप प्लेट  भुटन दुई सेल सेकुवा भने साथीहरूले पनि अडर गर्नु भयो आखिर दशै हो नि दाइ भन्न थाले अत्तरिया बजारमा हाम्रो हैसियत अनुसारको दशै सुरु भयो हामिले केही समय ढिलो गरेका थियौ हतारमा बसमा पुग्दा त कोही छैन यात्रु सबैलाई दशै लाग्यो छ भन्दै उभिएका थियौ सहचालक होटलमा यात्रु खोज्दै यता बसले हर्न बजाउन थाल्यो करिब एक घण्टा ढिलो गरेर हामी अत्तरिया बाट पहाड तर्फ हुइक्यौ ।

गोदावरीको पुल काटेर जब उकालो लाग्यो बस अनि कुराको सुरुवात गरिन उनले आजभोलि मान्छे निकै घमण्डी ,पाखण्डी हुनु हुदो रहेछौ नि भन्दा कस्लाइ भन्नू भएको भनेर सोधपुछ गर्दा तपाईं लाई किन भनेको हो भन्दा बोल्नु पनि हुदैन भनिन मैले कुराको सुरुवात गर्ने कुनै छेउ पाएको थिएन ,उनलेे यति भने पछि हाम्रो सम्बाद सुरु भयो ,बिगतमा भए गरेका कामको बारेमा तिता मिठा कुरा गर्दै थियौ उनलेे भनिन देखेको होइन लेखेको हुने रहेछ आफू त अहिले मुम्बईको चौकिदारि गर्ने सँग छु भन्न पाएको थिएन मैले भने जन्म ,मृत्यु र बिबाह आफू अनुकुल हुदैन भनेर गफिदै खानी डाडां सहजुपुर ,बुडर हुँदै भातकाडामा पुगेर खाना खाने समय भयो ।

मुम्बई बाट आउनु भएको छ आउनु सगै भात खाउन मात्रै के भनेको थिए एक कसैसँग खादैन भनेर मस्किदै आफ्नै समुहमा गैन अनि फेरि भात्काडाको चिसो संग लुकामारी खेल्दै हाम्रो दशैँ सुरुवात भयो । भात खाएर जब हामी सबैजना बसमा चढ्यौ अनि त गफ्फिदै स्याउले,गोबघाट,दिपायल,सिलगढी,चौखुट्टे हुँदै बिहान साफेबगर पुगेको पत्तो नै भएन फेरि छुट्टिने समय आएको पत्तो नै भएन , बिदाइको हात हल्लाउन निकै अप्ठ्यारो भयो हामी दुबैजनालाइ ।

हामी भने आज सबै जना साफेबगरमा बास बस्ने निधो गर्यौ भोलि बिहानै नेपालको चारधाम मध्येको एक धाम बैधनाथ धाम परिसर पुगेर पुजाआजा गरेर अष्टमिको दिन चौरपाटी गाउँ पालिका शान्निकोटमा गएर रागा बोकाको ठूलो संख्यामा बलि दिएको मेला हेरेर  आ आफ्नो घर तर्फ लाग्यौ टिकाको भोलि पल्ट खप्तडको नैनी त्यसको तेस्रो दिन प्राकृतिक अनुजम्पाले भरिपुर्ण रामारोशन गएर हाम्रो दशै निकै उत्साहजनक रमाइलो भएको थियो

बिगतमा दशैमा गाउघरमा रमाइलो गर्नका साथै जिल्लामा रहेका धार्मिक पर्यटकिय स्थलको अवलोकन गरेर मनाउने गरेका त्यो दिनका दशैँ अहिले पनि मेरो मानसपटलमा ताजै छन ,अहिले पनि त्यो समयका धेरै यात्री सँग भेट हुने मौका जुरेको छैन ।

तपाईको बिचार