राप्रपाका विभिन्न विभाग प्रमुखलाई मनोनयन पत्र हस्तान्तरण

राप्रपाका विभिन्न विभाग प्रमुखलाई मनोनयन पत्र हस्तान्तरण

669

काठमाडौं । राप्रपाले विभिन्न विभागका प्रमुखहरूलाई मनोनयन पत्र हस्तान्तरण गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम बिहीबार मनोनयन गरेका विभाग प्रमुखहरुलाई मनोनयन पत्र हस्तान्तरण गरेको हो ।

अध्यक्ष लिङ्देनले संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई मनोनयन गरेका थिए । यसअघि सो विभागमा महामन्त्री डा. धवल शमशेर राणा प्रमुख थिए, राणा आन्दोलन परिचालन समितिको संयोजकको जिम्मेवारीमा रहेकाले आन्दोलनको तयारीलाई तीव्रता दिन राणालाई विभागीय प्रमुखको जिम्मेवारीबाट अलग गरिएको पार्टी श्रोतले जनाएको छ।

यसअघि वरिष्ठ उपाध्यक्ष रोशन कार्कीले सम्हालेको स्थानीय तह परिचालन विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई प्रदान गरिएको छ ।

प्रधान यसअघि प्रशिक्षण विभागको प्रमुख थिए । वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले सम्हाल्दै आएको राजनीतिक विभागको प्रमुखको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रदान गरिएको छ।

पार्टीले पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा ,सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल ,लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेबारी प्रदान गरीएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर