एकीकृत समाजवादी सिन्धुलीले बाढी पहिरोले पुर्याएको क्षतिको अनुगमन गर्दै 

एकीकृत समाजवादी सिन्धुलीले बाढी पहिरोले पुर्याएको क्षतिको अनुगमन गर्दै 

799

सिन्धुली । नेकपा एकीकृत समाजवादी सिन्धुलीले जिल्लामा भएको बाढी पहिरोको क्षतिको अनुगमन गरेको छ ।  सोमबारबाट नेकपा ( एकीकृत समाजवादी ) सिन्धुली जिल्ला अध्यक्ष  चित्र बहादुर लुङ्गेली केन्द्रिय सदस्य ,जानुका श्रेष्ठ, सूर्य पाख्रिन नगर कमिटी सचिव राम आचार्य सहितको टोलीले जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिको अनुगमन थालेको छ ।

 खासगरी सुनकोसी नदीले गरेको क्षति र आसपासका विभिन्न भु भूभागहरू वढि प्रभावितहरूको अवस्थाको अनुगमन सुरु गरेको पार्टीका केन्दीय सदस्य जानुका श्रेष्ठले बताइन्

 टोलीले खुर्कोटदेखि मुलकोट सम्म पुगी पीडितहरूको उद्धार राहत वितरण जस्ता तत्काल गर्नुपर्ने कार्यहरू कसरी भइरहेको छ वास्तविक क्षतिको अनुगमन गर्नुका साथै भत्किएको सडक सहितका पूर्वाधारहरू विजुली खानेपानी कुलो पैनी घर गोठहरू भत्किएको अवस्थाको अवलोकन गरेको छ । बाढी पहिरोले अधिकांश स्थानमा बिजुली खानेपानीका पाइपहरू बगाएको भत्काएको र जन समुदायको जीवन कष्टकर अवस्थामा भएको पाइएको श्रेष्ठले बताइन् ।  

बाढी पहिरोले मुलकोटका  राजन नेपालीको लगाएको कपडा बाहेक अन्य सबै बगाएको उनले बताइन् । उनकी २ महिने सुत्केरी श्रीमती र बच्चा सहित गोठमा बस्नुपरेकाले नेपालीले आवश्यक सहयोगको अपेक्षा समेत गरेको श्रेष्ठले बताइन्  ।  जिल्लाका सबै क्षेत्रमा थुप्रै समस्या छन् ति समस्याहरूको बारे सरोकारवाला निकायलाई जानकारी दिनुका साथै आवश्यक सहयोग र समन्वयमा आफू र सिङ्गो पार्टी पंक्ति परिचालित हुन निर्देशन समेत गरिसकेको पार्टीका जिल्ला अध्यक्ष  चित्र बहादुर लुङ्गेलीले बताए ।

क्षतिको अनुगमन गर्ने र सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउनुका सार्थै आवश्यक समन्वयसहयोग गर्ने उद्देश्य सहित पार्टीका संयन्त्रहरू परिचालित गरिएको एकीकृत समाजवादी  सिन्धुलीका उपाध्यक्ष तीर्थ दाहालले बताए  

तपाईको बिचार

सम्बन्धित खबर