विपत्तिले मर्माहत बनाएको छ ,अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न एकीकृत समाजवादी सिन्धुलीको अनुरोध

विपत्तिले मर्माहत बनाएको छ ,अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न एकीकृत समाजवादी सिन्धुलीको अनुरोध

865

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), सिन्धुलीले बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपत्तिले निम्त्याएको दुःखद अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। सौथ पार्टीले स्थानीय तहमा रहेका पार्टीका सदस्यहरुलाई विपदमा परेका जनतालाई साथ, सहयोग र उद्धारमा सहयोग गर्न अनुरोध गरेको छ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘विगत केहिदिन देखी लगतार देश भरभएको बाबचभ वर्षा संगै आएकी बाढिपहिरो र डुवानले देशको विभिन्न भागहरुमा सयौं नागरिकहरुको ज्यान गएको छ । सयौको संख्यामा नागरिकहरु सम्पर्क विहिन भएको छ । सयौं घाइते भएको छ यसैगरि प्राकृतिक प्रकोप वाट सयौंको घरहरु क्षतिग्रस्त भएका छन भने अबको भौतिक सम्पति नष्ट भएकाछन यस प्राकृतिक विपतिले हामिलाई अत्यन्तै मर्माहत तुल्याएको छ।

यस प्राकृतिक विपतमा परी ज्यान गुमाएका सम्पुर्ण नागरिकहरुमा भावपुर्ण श्रद्धान्जलि अर्पण गर्दै शोकसंतप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु साथै घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना गर्दै बाढिपहिरोमा परी बेपत्ता हुनु भएकोहरुको यथाशिघ्र खोजिको लागि स्थानिय प्रदेश र संघिय सरकारको सुरक्षा निकाय लगायत सबै सरकारी निकायहरु स्था स्वयमसेवक संस्थाहरु मिलेर काम गर्न स्थानिय पार्टी कमिटी तथा जिल्लामा भएका नेता कार्यकर्ता सबैलाइ विशेष अनुरोध गर्दछु।’

जिल्ला कमिटी अध्यक्ष चित्र वहादुर लुङ्गेलीले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ,’बाढीपहिरोमा सिन्धुली जिल्लाको आसपासमा पर्ने वि।पि। राजमार्ग सुनकोशी गढतीरमा बढी क्षेति भै संकटमा फसेका नागरिकहरुको उद्धार र राहात, घाइतेहरुको निशुल्क उपचार बिच्चल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सिन्धुली हुदै काठमाण्डौ जने विपी राजमार्ग र खुर्कोटहुदै रामेछाप जोडने पक्की पुल सुनकोसिको बाढीले बगाएको हुंदा दशै, तिहार जस्तो माहान चाड पर्वलाई मध्यनजर गरि तत्तकाल बेलिवृज तथा बैकल्पिक व्यवस्था मिलाउनुहुन भत्किएको सडकहरुको मर्मत सम्भार गर्न समेत हाम्रो पार्टी नेपाल कम्युनिष्ट ९एकीकृत समाजबादी० सिन्धुली सरकार संग जोडदार माग गर्दछ अझैपनि नदिनालाहरुको पानीको बहाव कम भइ नसकेका बाढि पहिरो आउने र क्षतिहुन सक्ने सम्भावनालाई मध्य नजर गर्दै आवश्य सर्त्तकता अपनाउनहुन समेत सबैमा अनुरोध गर्दछु।’

 

तपाईको बिचार

सम्बन्धित खबर