काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।
अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् ।
‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’- मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’
पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन् ‘मिश्र सर, यति सस्तो अ०राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ’
न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार १२स् ४५ बजेदेखि सुरु हुनेछ । समूह बीमा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै चौथो स्थानमा छ ।
अघिल्लो खेलमा कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ ।
उज्वेकिस्तान समूहकै बलियो टोली हो । नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।
तपाईको बिचार