काठमाडौँ । दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड शुरु गरेको छ । काठमाडौँमा दुर्गा प्रसाईं पक्राउ परे लगत्तै उनका समर्थकमाथि प्रहरीले धरपकड शुरु गरेको हो । प्रसाईं पक्राउपछि आन्दोलन गर्ने तयारी गर्दै गर्दा उनीहरूलाई काठमाण्डौंको तिनकुनेबाट नियन्त्रणमा लिएको हो ।
सो क्रममा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारी , प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका झापा संयोजक रामचन्द्र मैनाली, नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
तपाईको बिचार