चाडवाडको मौकामा उपभोक्ता ठगिन्छन् अनुगमनलाई प्रभावकारी बनाउ-  सांसद गैरे

 चाडवाडको मौकामा उपभोक्ता ठगिन्छन् अनुगमनलाई प्रभावकारी बनाउ-  सांसद गैरे

931

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का सांसद राजेन्द्रलक्ष्मी गैरेले चाडपर्वका समयमा उपभोक्ता ठगीमा पर्ने भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । 

आइतबार राष्ट्रियसभाको  बैठकमा विशेष समय लिएर उनले  ‘मूल्य नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, गुणस्तरको प्रत्याभूतिलगायत विषयमा सरकारको ध्यान जानुपर्ने बताइन् ।   प्रमुख राजमार्गमा बढ्दो सडक दुर्घटनाबाट आमनागरिक त्रसित बनिरहेको उल्लेख गर्दै सांसद गैरेले सडक सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिन् ।

व्यवस्था परिवर्तनका लागि मुलुकमा सशस्त्र द्वन्द्व भएको जनाउँदै उनले द्वन्द्व समाधानका दिशामा अघि बढिरहेका अवस्थामा पुराना घाउलाई कोट्याउनुको सट्टा  पीडितलाई न्याय र परिपूरण दिनेतर्फ ध्यान दिनुपर्ने बताइन् । 

तपाईको बिचार

सम्बन्धित खबर