काठमाडौं । मानब बेचबिखन तथा ओसारपसार विरुध्द कार्यरत शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले मानव बेचविखनको शैली र स्वरुप मात्र परिवर्तन भएको तर अवस्था उस्तै भएको बताएकी छन् ।
मानव बेचबिखनविरुद्धकी अन्तर्राष्ट्रिय अभियन्ता तामाङले स्वरूपमा परिवर्तन भएर मानव बेचविखन भइरहेको बताएकी हुन् । उनले अहिलेको परिवर्तित सन्दर्भमा पनि मानव बेचबिखन भइरहेको भन्दै पहिले अशिक्षाको कारण बालिका र महिलाहरू बेचबिखनमा पर्ने गरेको भए पनि अहिले भने पढेलेखेका महिलासँगै पुरुषहरू समेत बेचिनको सिकार हुन थालेको बताइन् ।
विकसित समाज सँगै मानव बेचविखनका शैली र गन्तव्य फेरिएको भन्दै अभियन्ता तामाङले अहिले पनि रोजगारी लगायतका नाममा मानव बेचबिखन भइरहेको र पहिलेको भन्दा यसको स्वरूपमा परिवर्तन भएको भन्दै सामाजिक संजाल र प्रविधिको बढ्दो प्रयोग, मान्छेमा महत्वकाँक्षा वढ्नु र उपभोक्तावादी प्रवृत्तिले पनि बेचबिखन रोकथाममा चुनौती थपेको बताइन् ।
तपाईको बिचार