श्रावण महिनाको सोमबार हुने स्वास्थ्य शिबिर सम्म्पन्न, ३ हजार वढीले लिए स्वास्थ्य सुविधा

श्रावण महिनाको सोमबार हुने स्वास्थ्य शिबिर सम्म्पन्न, ३ हजार वढीले लिए स्वास्थ्य सुविधा

1447

काठमाण्डौं । महर्षी दिपक प्रतिस्ठानको आयोजनामा हुँदै आएको हरेक बर्षको श्रावण महिनाको सोमबार हुने एम्बुलेन्स सहितको निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्म्पन्न भएकोछ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी पर्यटन व्यसायी श्री प्रशान्त उप्रेती तथा नेपाली काँग्रेसका नेता दिपेन पाठकले सम्बोधन गरेका थिए । श्रावण महिनाभरी करिब ३ हजार स्वास्थ्य सिबिरको सुबिधा दिएको कार्यक्रम का कोर्डिनेटर आशिष डाँगीले बताए ।

कार्यक्रममा महर्षी दिपक प्रतिस्ठानले समाजसेवी प्रशान्त उप्रेती ,काजिमान गुरुङ र सरीता सुनारलाई सम्मान गरेको थियो। उक्त कार्यक्रममा ५० जना स्वास्थ्य स्वयंसेवक हरुलाई प्रमाणपत्र समेत प्रदान गरिएएको थियो।

तपाईको बिचार

सम्बन्धित खबर