काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई स्पष्टीकरण सोधिएको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको पार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधेको प्रवक्ता यादवलेले जानकारी दिए । मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले बताए ।
मन्त्रीमण्डल विस्तारमा पार्टीसँग समन्वय नगरीएको , प्रदेश सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिएको , पार्टीको निर्देशन विपरीत गतिविधिले पार्टीको बदनामी भइरहेको जस्ता विषयहरू राखी मुख्यमन्त्रीसँग जवाफ मागिएको छ’, प्रवक्ता यादवले भने ।
तपाईको बिचार