आइतबार काठमाडौँमा सार्वजनिक बिदा

आइतबार काठमाडौँमा सार्वजनिक बिदा

781

काठमाडौँ । काठमाडौँ उपत्यकामा आउने आइतबार सार्वजनिक बिदा हुने भएको छ ।

सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा उल्लेख छ ।
सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर