काठमाण्डौ । पत्रकार एवम् स्रष्टा तथा झ्याउरे छन्द कविताकी अभियन्ता रेणुका भट्टराईको काव्यकृति ‘मञ्जरी’ लोकार्पित हुँदै छ ।
काव्यकृति यही साउन १७ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा लोकार्पण हुने हुने काव्यघर नेपालको अध्यक्ष राजकुमार खड्काले जानकारी दिए ।
दिउँसो १२ . ३० मा आयोजित उक्त समारोहको आयोजना काव्यघर नेपाल मिडिया प्रा.लि. र पेरोल नपालको साहित्य विभागले गर्नेछन् ।
नेपाली गलाबाट हराउँदै जान थालेको झ्याउरे लोकछन्दलाई पुनर्जागृत गर्नु आवश्यक रहेको बताउने भट्टराईको यो काव्य कृति त्यही छन्दलय संरचनामा संरचित रहेको छ ।
पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त काव्यकृतिको साहित्य सदन रामहिटी बौद्धको सभाकक्षमा आयोजित लोकार्पण कार्यक्रममा विभिन्न स्रष्टाहरूका रचना वाचन समेत हुने भएको छ ।
०००
तपाईको बिचार