पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन

पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन

743

 

काठमाडौं । नेपालका प्रतिष्ठित पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको निधन भएको छ । उनको आज बिहान ११ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।
उहाँका दुई छोरा प्रसिद्धबहादुर पाण्डे र प्रविणबहादुर पाण्डे छन् भने एक छोरी छन् ।
लामो समयदेखि अस्वस्थ रहनुभएका पाण्डेलाई केही दिन अगाडि ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएकामा उपचारका क्रममा निधन भएको थियो ।

आज ३ बजेपछि उहाँको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कुरा पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वर्गीय पाण्डे होटल सांग्रिलाका संस्थापक अध्यक्ष हुन् । होटल एशोसिएसन नेपालको समेत पूर्वअध्यक्ष पाण्डे धेरै अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर