नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो होइन : अध्यक्ष ओली

नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो होइन : अध्यक्ष ओली

1003

काठमाडौँ, ७ चैत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए ।

बुधबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले ओलीले पार्टीभित्र पद नभई काममा ध्यान केन्द्रित गर्न निर्देशन दिए । ओलीले काठमाडौं जिल्लामा एमाले पछिल्लो समय कमजोर देखिएकाले आगामी निर्वाचनमा यसअघिको परिणाम नदोहोर्‍याउने गरि तयारी गर्न समेत निर्देशन दिए ।

अध्यक्ष ओलीले , ‘पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्‍यो। काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं यो स्थितिलाई अनिवार्य बदल्नुछ। बदल्नैपर्छ यस अवस्थालाई । एमालेलाई लागि काठमाडौंमा यो अवस्था अस्वीकार्य भएको बताए ।

उनले जनताको दुःख,कष्ट हरण गरेर जाने काम विगतमा पनि एमालेले गरेको र त्यसैलाई निरन्तरता दिनेगरी आगामी दिनमा पनि काम गर्ने बताए । अध्यक्ष ओलीले एमालेले विगतमा जनताको पक्षमा काम गरेकाले उनीहरुलाई साथमा लिएर अघि बढन पनि पार्र्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

तपाईको बिचार