धादिङ, २९ माघ । जिल्लाको गजुरी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय दुई वटा निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले फरक फरक सूचना जारी गरेका छन् । यो सँगै विबारे अन्योल भएको छ ।
गाउँपालिकाले आज विहान भोली जनयुद्ध दिवस भन्दै विदा दिने निर्णय गरेको सूचना जारी गरेको थियो । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जारी गरिएको सार्वजनिक विदाको सूचनामा भनिएको थियो, ‘नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापनाको लागि २०५२ साल फागुन १ गतेदेखी सञ्चालित महान् जनयुद्धको स्मरण र सम्मान गर्दै मिति २०८० साल फागुन १ गते जनयुद्ध दिवसका दिन यस गजुरी गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघसंस्थाहरुमा १ दिन सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।’
फागुन १ गतेलाई नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोही विषयमा सर्वोच्च अदालतले उक्त विदा खारेज गरिदिएको थियो । यो सँगै गृहमन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भोली सार्वजनिक विदा नरहेको जानकारी गराएको थियो । जनताद्वारा स्वीकार नगरिएको दिनलाई जनयुद्ध दिवसको विदा दिइएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।
यो सँगै गजुरी गाउँपालिकाले आजै अध्यक्षले जारी गरेको सूचनालाई काउण्टर जवाफ दिँदै उपाध्यक्षले भोली सार्वजनिक विदा नरहेको भनि सूचना जारी गरेकी छन् । अध्यक्षले जारी गरेको सूचना सत्य नभएको भन्दै पुनः उपाध्यक्ष शर्मिला विशुरालले अर्को सूचना जारी गर्दै सार्वजनिक विदा नरहेको उल्लेख गरिएको छ ।
तपाईको बिचार