हेटौंडा घोषणापत्र जारी गर्दै प्रदेश अधिवेशन सम्पन्न

हेटौंडा घोषणापत्र जारी गर्दै प्रदेश अधिवेशन सम्पन्न

727

मकवानपुर, २९ माघ । पातञ्जल योग समिति नेपाल वागमती प्रदेशको छैटौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन मकवानपुर जिल्लाको हेटौडामा हालै भव्य रुपमा सम्पन्न भएको छ ।

पायोस नेपाल वागमती प्रदेशको अध्यक्ष स्नेहा (उषा) गिरिको अध्यक्षता एवं पायोस नेपालका केन्द्रीय महिला उपाध्यक्ष श्रृजनामल्ल ठकुरीको सञ्चालनमा भएको भएको सो कार्यक्रमको हैटौडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले दिप प्रज्ज्वलन उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको शुभारम्भ पश्चात हेटौडा उपमहानरकी नगर प्रमुख लामाले योग र जडिबुटी जस्ता मानव स्वास्थ्य संग सरोकार राख्ने विषय आजको अपरिहार्य आवाश्यकता रहेको वताँउदै नीतिगत रुपमा यसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने र योगले समग्र मानव जीवनलाई शान्ति र आनन्दको बाटोबाट चेतनाको माथिल्लो स्तरसम्म लैजान सबैको निम्ति उपयोगी हुने धारणा व्यक्त गर्दै स्थानीय सरकारले पातञ्जल योग समिति नेपालको जनसरोकारको विषयमा सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारले योग र स्वास्थ्य माथीको व्यवहारिक प्रयोग हरेक समुदायको लागि अत्यन्तै आवाश्यक रहेको उल्लेख गर्नुभयो । पातञ्जल योग समिति नेपालका राष्टिय अध्यक्ष बालमुकुन्द सुवालले अधिवेशनमा विशेष कारण भौतिक उपस्थिति जनाउन नसक्दा टेलिफोन मार्फत अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

पातञ्जल योग समिति नेपालका संस्थापक अध्यक्ष सुदर्शन सुवेदीले योगजागरण अभियानलाई सशक्त बनाउन राज्यबाट सञ्चालित एकेडेमिक योग प्रशिक्षणका कार्यक्रमहरुलाई जोड्दै अगाडि बढ्नुपर्ने धारणा राख्दै संस्थाले केहि वर्षयता सिटिईभिटिबाट सम्बन्धन लिई ३९० घण्टे आधारभुत योग प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्नुभयो । राष्ट्र र राष्ट्रियता, स्वाभिमान र आत्मनिर्भरता जस्ता विविध विषयलाई उठान गरेर अगाडि बढिरहेको पातञ्जल योग समिति नेपाल एक स्वतन्त्र संस्था रहेको उल्लेख गर्दै पातञ्जल योग समिति नेपालका वरिष्ठ उपाध्यक्ष एवं संगठन विभाग प्रमुख नबराज काफ्लेले योग साधना, जडिबुटी, आर्युवेद जस्ता मानव जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने विविध पाटोलाई लोक कल्याणको निम्ति प्रयोगमा ल्याउनु पर्ने र नेपाल सरकार सँग सहकार्य गर्दै तथा विभिन्न यौगिक र आध्यात्मिक संघ संस्थाहरुलाई आवद्ध र सहभागी गराउँदै समग्र राष्ट निर्माणको निम्ति पातञ्जल योग समिति नेपाल निरन्तर अगाडि बढिरहेको बताउँदै वरिष्ठ उपाध्यक्ष काफ्लेले नेपाल सरकार विभिन्न संघसंस्था शुभेच्छुक व्यक्तित्वबाट पायोस नेपाललाई सहयोग प्राप्त भैरहेको र सबैको सद्भावले छिटै नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पातञ्जल योग समिति नेपालका महासचिव होमप्रसाद गौतमले पायोस नेपालको उद्धेश्य माथि प्रकाश पार्दै योग, प्राकृतिक चिकित्सा, जडिबुटी, आर्युवेद जस्ता विषयमा संस्थाले सर्वाेपरि हितको लागि काम गर्दै अगाडि बढिरहने दृढता व्यक्त गर्नुभयो । त्यसैगरि पातञ्जल योग समिति नेपालका उपाध्यक्ष एवं वागमती प्रदेश ईन्चार्ज युक्त गिरिले मानवजीवनलाई सहिमार्गमा डोरयाउने योगनै निर्विकल्प माध्याम रहेको बताउनु भयो । पातञ्जल योग समिति नेपालका महिला उपाध्यक्ष श्रृजनामल्ल ठकुरीले देशभर सञ्चालित विभिन्न योग केन्द्रहरुमा दैनिक उपस्थितिको आधारमा योगजागरण अभियान सञ्चालन हेतु करिब ७० प्रतिशत भन्दा बढि महिलाहरु रहेको जिकिर गर्दै सबै पक्षको सहभागीताको लागि अध्ययन अनुसन्धान गरि यस तर्फ पातञ्जल योग समिति नेपालले विशेष जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरि अधिवेशनको बन्दसत्रमा पातञ्जल योग समिति नेपाल वागमती प्रदेश अध्यक्ष उषा(स्नेहा) गिरिद्धारा प्रस्तुत प्रदेश घोषणापत्र,सांगठनिक र आर्थिक प्रतिवेदनलाई अधिवेशनहलबाट सर्वसम्मत अनुमोदन गरिएको छ । ९ बुँदै हेटौडा घोषणापत्र जारी गर्दै सम्पन्न तेस्रो अधिवेशन कार्यक्रममा पातञ्जल योग समिति नेपालका सचिव शुसिला श्रेष्ठ, पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्यहरु यादव गजुरेल, सुर्वण हमाल, बालकृष्ण प्रधान, मंगलादेवी बज्राचार्य, केन्द्रीय सल्लाहकार अमिर श्रेष्ठ, केन्द्रीय सामाजिक विभाग सदस्य कोमल गिरि, वागमती प्रदेश उपाध्यक्ष धु्रव भुजेल, वागमती प्रदेश संगठन विभाग प्रमुख उद्धवराज थापा, मकवानपुर अध्यक्ष लक्ष्मी कँडेल, भक्तपुर जिल्ला अध्यक्ष उमेशमान मधिकर्मी,काठमाडौ जिल्ला अध्यक्ष एवं सरसफाई अभियन्ता शोभाकान्त पाण्डे,नुवाकोट जिल्ला अध्यक्ष तुलसी दवाडी लगायतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यसैगरि मकवानपुर जिल्लाको नेपाल रेडक्रस सोसाईटी भवनमा ०८० माघ २७ गते शनिबार भएको अधिवेशनबाट आगामी २ वर्षको लागि एक नयाँ नेतृत्व समेत सर्वसम्मत चयन गरेको छ । नयाँ नेतृत्वमा उषा (स्नेहा) गिरिज्यूको अध्यक्षताका बिच उपाध्यक्ष धु्रव भुजेल, महिला उपाध्यक्ष गंगा महर्जन, सचिव तिर्थरत्न कोनाजु, कोषाध्यक्ष राजन धिताल, सहसचिव रोशन अधिकारी, सदस्यहरु अर्जुन श्रेष्ठ, जगदिश केसी, शिव प्रसाद पोख्रेल, उद्धवराज थापा, मिरा पुरी, रन्जिता हमाल, कविता पाठक, सिता श्रेष्ठ, हरिदेव चित्रकार, श्याम प्रसाद श्रेष्ठ, किरण श्रेष्ठ (शाक्य), राम प्रसाद प्याकुरेल रहनुभएको छ । त्यसैगरि सल्लाहकार ध्याव ग्रिव आचार्य एवं बद्रि प्रसाद न्यौपाने, संगठन विभाग प्रमुख उद्धवराज थापा, प्रशिक्षण विभाग प्रमुख अर्जुन श्रेष्ठ एवं सदस्य केशव खरेल, सामाजिक विभाग प्रमुख जगदिश केसी एवं उपप्रमुख कविता पाठक, महिला विभाग प्रमुख रन्जिता हमाल एवं उपप्रमुख मिरा पुरी, समन्य विभाग प्रमुख शिवप्रसाद पोख्रेल, आर्थिक विभाग प्रमुख कविता पाठक रहेको विभिन्न समिति सर्वसम्मत चयन गरिएको केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं संगठन विभाग प्रमुख नबराज काफ्लेले अवगत गराउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर