जनताको मन जित्नेगरी काम गर्छु: सभापति लामिछाने

जनताको मन जित्नेगरी काम गर्छु: सभापति लामिछाने

753

भरतपुर, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मतदाताको जनताको मन जित्नेगरी काम गर्ने बताएका छन् ।

भरतपुरमा पार्टी कार्यकर्ताले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै लामिछानेले शिर झुकाउने काम नगर्ने बताए । उनले आफूलाई विश्वास गरेर मत दिएकामा मतदाताहरुलाई धन्यवादसमेत दिए । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन् । हामी आफैँ सक्षम छौँ, हामी गर्न सक्छौँ । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगराई चुनाव लडेका हौँ ।”

तपाईको बिचार

सम्बन्धित खबर