सेवासदनको अध्यक्षमा काफ्ले सर्वसम्मत

सेवासदनको अध्यक्षमा काफ्ले सर्वसम्मत

767

भक्तपुर, २२ माघ । ओम कृष्ण सेवासदन भक्तपुरको ५औ अधिवेशन तथा १५औ वार्षिक साधारण सभाबाट नबराज काफ्लेको अध्यक्षता १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल स्थित ओम कृष्णसेवा सदनको आफ्नै भवनमा सम्पन्न भएको सो अधिवेशनबाट उपाध्यक्ष श्रृजनामल्ल ठकुरी, सचिव विजय कुमार पोख्रेल,सहसचिव सुर्वण हमाल, कोषाध्यक्ष विष्णु सुवेदी, सदस्यहरु सुमित्रा चौलागाई, ईन्दु लम्साल, रन्जिता हमाल, सनिता लामिछाने, साधना न्यौपाने, सन्ध्या गेलाल, विमला अर्याल, पार्वती न्यौपाने, लक्ष्मी दाहाल, शोभा पौडेल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि अधिवेशनबाट निर्वतमान अध्यक्ष बालमुकुन्द सुवाललाई उनले सेवासदनको संस्थागत विकासमा पुर्याएको योगदानको कदर गर्दै संस्थाको प्रमुख संरक्षक सहित मानार्थ सदस्य र समाजसेवी मिरा शाहलाई संरक्षकको पदावीबाट सम्मानितसमेत गरिएको छ । सोहि कार्यक्रमका विच सुदर्शन सुवेदी, हिम्मतसिंह लेकाली, राम खनाल, रोशन ढकाल, कल्पना न्यौपाने, महालक्ष्मी न्यौपाने, प्रभा न्यौपाने रहेको एक सल्लाहकार समिति समेत चयन गरिएको सेवासदनका नवनिर्वाचित उपाध्यक्ष श्रृजनामल्ल ठकुरीले अवगत गराउनु भयो ।

स्थानीय समाजसेवी स्वं. कृष्ण प्रसाद दाहालले चाँगुनारायण नगरपालिका वडा नं.३ स्थित झौखेलमा आफ्नो निजी स्वामित्व भित्र कायम रहेको ४ रोपनी १ आना क्षेत्रफल रहेको जग्गा असाहय, वृद्ध वृद्धाहरुको साहरा स्थल लगायत परोपकारजन्य गतिविधि सञ्चालनार्थ हस्तान्तरण गरेको सेवासदनका निवर्तमान अध्यक्ष बालमुकुन्द सुवालले बताए । हाल सो स्थल भित्र निर्माण गरिएको स्थायी संरचनामा आवाश्यकीय ट्रष्ट थप गरि सहयोगापेक्षी सडकमानवहरुलाई संरक्षकत्व प्रदान गरिदै आएको र सो कार्य सेवा सदन र मानव कल्याण समाज सेवा घर विचको आपसिक समन्वय र सहकार्यमा सञ्चालन हुँदै आएको सेवा सदनका निर्वतमान अध्यक्ष सुवालले अवगत गराए । वागमती प्रदेश सांसद सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पाँचौ अधिवेशन कार्यक्रमको सभाध्यक्षता बालमुकुन्द सुवाल र सञ्चालन सचिव विजय कुमार पोख्रेलले गरेका थिए ।

तपाईको बिचार

सम्बन्धित खबर