एमाले सरकारले शुरु गरेको बिकाशका काम गठबन्धन सरकारले ठप्प बनायोः सचिब भट्टराई

एमाले सरकारले शुरु गरेको बिकाशका काम गठबन्धन सरकारले ठप्प बनायोः सचिब भट्टराई

843

रौतहट, १३ माघ । नेकपा एमालेका सचिब तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा शुरु भएका बिकाशका योजनाहरु गठबन्धन सरकारले ठप्प पारेको बताएका छन ।

रौतहटको गरुडामा शुक्रवार आयोजित राष्ट्रिय युवा संघको जिल्ला भेलालाइ सम्बोधन गदै सचिव भट्टराईले यस्तो बताएका हुन । देशलाइ सम्बृद्धि बनाउने अभियान अन्र्तगत एमाले सरकारको पालामा ल्याएको बिकाशका योजनाहरु यो गठबन्धनको सरकारले ठप्प बनाएको र देशमै अहिले बिकाशका कामहरु ठप्प अबस्थामा रहेको सचिब भट्टराईको भनाइ थियो ।

युवाहरुलाइ स्वरोगार बनाउने, औधोगिक क्षेत्रको बिकाशका योजनाहरु, भौतिक पुर्वाधारका बिकाशका योजनाहरु जस्ता काम अहिले ठप्प रहेको सचिब भट्टराईले बताएका हुन ।  ‘अहिलेको अबस्थामा अन्य दलहरु एकातर्फ छन भने नेकपा एमाले मात्रै एकातर्फ छ तर पनि नेकपा एमाले आफनो बिचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ,’ पुर्वमन्त्री समेत रहेका भट्टराईले भने ।

नेकपा एमाले सबै जाती र सबै धर्मको एकताको पक्षमा रहेको बताउदै अगाडी भने, ‘नेकपा एमाले अहिले तराइ मधेशको भरोसाको पार्टी बनेको र अर्को निर्वाचनमा मधेशका एमालेमय बन्ने छ ।’ यस्तै उहाँले पार्टी बिभाजनलाई मेटदै रौतहट बिस्तारै पुरानै अबस्थामा पुगिरहेकोसमेत बताए । राष्ट्रिय सभाको निर्वाचनको कोशी प्रदेशको मत परिणामले गठबन्धनको सरकारमा अन्तर बिरोध शुरु भएको बताउदै सचिब भट्टराईले बिस्तारै यो गठबन्धन भत्किने ठोकुवा समेत गरेका छन । एमालेको जनमत अझै बढदै गएको उल्लेख गर्दै भट्टराईले देशको सम्बृद्धिको लागि आउदो निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहमा एमाले जित्नुपर्ने बताए ।

तपाईको बिचार