दुई लाख ५० हजार घूससहित नापी सर्वेक्षक पक्राउ

दुई लाख ५० हजार घूससहित नापी सर्वेक्षक पक्राउ

791

पाटन, १० माघ । ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उहाँसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै उहाँले तीनैजनालाई रु दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

https___ciaa.gov.np_uploads__pressRelease_9NTHi4

 

तपाईको बिचार