किवाचोक युवा क्लवद्वारा एकै पटक दुई सामाजिक काम सम्पन्न

किवाचोक युवा क्लवद्वारा एकै पटक दुई सामाजिक काम सम्पन्न

1303

भक्तपुर, २८ पौष । सेवा नै धर्म हो भन्ने मुख्य मान्यताका साथ सूर्यविनायक नगरपालिका वडा नं. ७ किवाचोकमा ६३ जनाद्वारा रक्तदान गरेका छन् ।

‘रगत नपाए भक्तपुर जानु’ भन्ने मुख्य नारालाई चरितार्थ बनाउने लक्ष्यका साथ किवाचोक युवा क्लवले आयोजना गरेको बृहत रक्तदान, अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर तथा बाल्कर वितरण कार्यक्रममा ६३ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो । पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा आज उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ । रगत नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थालाई न्युनिकरण गर्ने योजनाका साथ नेपाल रेडक्रस सोसाईटीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । रक्तदानको साथ साथै ह्विलचियर, वाल्कर तथा बैसाखी समेत वितरण गरिएको थियो । नेता वस्नेतले सामाजिक सेवाले समाज रुपान्तरण तथा दुखी गरिवहरुको साहाराको रुपमा रहेको बताउँदै सहयोग गर्नुहुने सम्पूर्ण महानुभवहरुलाई विशेष आभार प्रकट गर्नुभयो ।

 

तपाईको बिचार

सम्बन्धित खबर