दाङ, १५ पौष । नेपाल पब्लिक क्याम्पस सङ्घका अध्यक्ष सत्रुधन प्रसाद गुप्ताले त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पसहरुलाई विभेदको व्यवहार गरेको बताउनु भयो ।
पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालको दोस्रो लुम्बिनी भेलामा बोल्दै अध्यक्ष गुप्ताले त्रिविले बिभेद गरेको बताउनु भएको हो । उहाँले धेरै नितिगत समस्या रहेको देखिएकाले यसको लागि जस्तो सुकै आन्दोलन गर्न पनि आफु तयार रहेको बताउनु भयो ।
मोफसलका क्याम्पसका समस्याहरुको पनि आफुलाई जानकारी भएको बताउदै उपलब्धि प्राप्त नहुँदा सम्म आफु निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेलाले माया घिमिरे इन्चार्ज र युवराज रावतको सयोजकत्वमा एक समिति निर्माण गरिएको छ।
तपाईको बिचार