पूर्व वडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

पूर्व वडाध्यक्ष लामाको निसास्सिएर मृत्यु

765

काभ्रे, १० पौष ।  नमोबुद्ध नगरपालिका–१ का पूर्व वडा अध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको छ ।

गएराति हिटर बालेर सुतेका ८१ वर्षीय कर्मग्याल्बो लामा अचेत भएपछि परिवारले उनलाई उपचारका लागी धुलिखेल अस्पतालमा ल्याएका हुन् । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी (डिएसपी) राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

उनकी पत्नी असनी माया लामा बेहोस छिन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बिहान अबेरसम्म नउठेपछि छोरा बुहारीले ढोका खोल्दा दुवै जना बेहोस अवस्थामा भेटिएको बताइएको छ । लामा दम्पती हिटर र फलामको कराइमा आगो बालेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर