'फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ'

‘फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ’

715

काठमाडौँ, ३० मंसिर । काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।

महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्ने कुरा गलत रहेको बताएको हो ।  उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर महानगरले काम गरिरहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

यता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका थिए । काठमाडौँ महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उनको भनाइ थियो ।

तपाईको बिचार

सम्बन्धित खबर